दफा २४
दायित्व सम्हाल्ने
: संस्थानको स्थापना हुनुभन्दा अघि यस ऐनमा उल्लेख भएको काम कुरामा नेपाल सरकारले गरेको वा नेपाल सरकारसँग भएको दायित्वहरू र ठेक्का पट्टाहरू मध्ये नेपाल सरकारले संस्थानको निमित्त छुट्याएको जतिमा संस्थान वा निजसँग वा निजको निमित्त भए गरेको मानिने छ ।